Tuesday April 16, 2024
वि.सं २०८१ बैशाख ०४ मङ्गलबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

धन्यवाद मुक्तिनाथ विकास बैंक

Rupandehi / Lumbini Pradesh / वाग्लुङ्ग जिल्ला, तंग्राम गा.वि.स., वार्ड नं.९
Kotihawa Small and Micro Banking Desk
282020-12-11

धवलागिरी अञ्चल वाग्लुङ्ग जिल्ला तंग्राम गा.वि.स.वार्ड नं.९,मासखर्कामा वि.स.२०४५/०४/१३ गते जन्मनु भएकी तुलमाया पुन एक मध्यम वर्गिय परिवारका सदस्य हुन । हालको बसाई लुम्बिनी अञ्चल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वार्ड नं.६,गणेशपुरमा रहेको छ । उहाँको विवाह सानो उमेरमा नै एलोन पुनसंग भएको थियो । उहाँसंग परिवारमा श्रीमान, १ जना छोरा र १ जना छोरी गरि ४ जनाको परिवार रहेको छ । उहाँको श्रीमानले हाउस वायरिङ्गको काम गर्नुहुन्छ  । उहाँ वि.सं २०६९ सालमा तंग्राम गुल्मीबाट रुपन्देही पौनीमा बसाई पौनीमा (रुपन्देही)कोठा लिएर भाडामा बस्न थाल्नुभयो । उहाँसंग कुनै किसिमको सीप नभएको कारणले काम पाउन पनि गाह्रो भयो पछि केही दिन श्रीमानको कमाईबाट नै खाने बस्ने भएपछि उहाँलाई महिनाको रु.१,०००/–कोठा भाडा तिर्न पनि एकदमै गाह्रो हुन थालेको थियो । साथै कपडालत्ता खरिद गर्न छोरा छोरीलाई स्कुल पठाउने त झन् समस्या थियो । त्यसपछि पौनी मुक्तिनाथ महिला केन्द्रको प्रमुख श्री चन्दा गुरुङ्गसंग उहाँको भेट भयो र उहाँले समुहको महत्व बुझाई उहाँलाई समुहको सदस्यता लिई समुह बस्न सल्लाह दिनुभयो ।  उहाँले पनि सोही अनुसार मनन गरि समुहमा बस्ने निर्णय गरि वि.सं.२०७१/०९/०७ गतेका सदस्यता लिई समुहमा आवद्ध हुनुभयो ।

समुहमा आवद्ध भएपछि शुरुमा उहाँले वि.सं.२०७१/१०/१९ गतेका प्रथम पटक रु.५०,०००/– कर्जा लिई बाख्रा पालन शुरु गर्नुभयो । विस्तारै बाख्रा पालनबाट आएको पैसा बचत गर्दै जानुभयो र  बाख्रा पालन संगसगै १७/१८ ओटा लोकल कुुखुरा पालन शुरु गर्नुभयो । गाँउलेले समेत उहाँको प्रशंसा गर्दै भने “तुलमायाको हातबाट कुखुरा पालन फस्टाउछ, एउटै कुखुराको रु.२,५००/– ३,०००/–सम्ममा पनि बेचेकी छन्” । उहाँले विस्तारै कुखुरा पालनमा नै विशेष जोड दिई लाग्नु भयो हाल उहाँले ७ पटक विना धितो साधारण कर्जा रु.५,००,०००/–सम्म कर्जा लिई कुखुरा पालनसंगै उहाँले आफ्नै घरमा किराना पसल पनि संचालन गर्नु भएको छ ।

कुखुरा पालन गर्दै बचत गर्दै आउदा उहाँको श्रीमानको कमाईले घर खर्च चलाउने र बाकी पैसा बचत गर्दै जादाँ २०७३ सालमा उहाँले गणेशपुरमा १० धुर घडेरी खरिद गर्नुभयो । त्यो घडेरी खरिद गर्न पनि मुक्तिनाथ विकास बैंकले कर्जा दिएको भन्नुभयो । त्यसपछि उहाँले श्रीमानलाई विदेश पठाउने योजना बनाउनु भयो र श्रीमानलाई विदेश पठाउनु भयो । आफु घरमा कुखुरा पालन र किराना पसल गर्दै आएको र श्रीमानले बैदेशिक रोजगारको सिलसिलामा ओमनमा काम गर्दै आएको । त्यसपछि उहाँले मुक्तिनाथ विकास बैंक ,कोटिहवा शाखाबाट रु.२०,००,०००/– कर्जा लिई सोही जग्गामा १ तल्ले पक्की घर पनि बनाउनु भयो । र हाल उहाँले मासिक रु.४,०००/– बचत सहकारीमा र मुक्तिनाथ बैंकमा पनि बचत गर्दै आउनु भएको छ । हाल उहाँलाई कोठा भाडा तिर्नबाट मुक्ति पाउनका साथै छोराछोरीलाई स्कुल पठाउनका साथै आफ्नो १ जना भाईलाई पनि आफुसंगै राखेर स्कुल पठाउदैै आउनु भएको छ ।

विगतका दिनमा रु.१,०००/– कोठा भाडा तिर्न नसक्ने अहिले आफ्नो घर पनि रहेको छोराछोरीसंगै १ जना भाई पनि स्कुलमा पठाउदै आएको देख्दा धेरै नै खुसि लागेको छ भन्नुभयो । मुक्तिनाथ विकास बैंकले हामीलाई हरेक किसिमका सेवा,सुविधाहरु प्रदान गर्दै आइरहेकोले अन्य कुनै पनि संस्थालाई हेर्नु पर्ने अवस्था नै आउदैन र जीवनलाई सकारात्मक बाटो तर्फ लैजान मद्दत पु¥याउने हरेक अवस्थामा सहयोग गर्ने भएकोले वहाँ मुक्तिनाथ बैंकलाई हृदयबाट नै धन्यवाद दिनुहुन्छ । साथै अगामी दिन यस बैंक अझ अन्गित उपलब्धिहरु हासिल गर्दै ७७ ओटै जिल्लामा नम्बर वान बैंक होस भन्ने भगवानसंग प्रार्थना गर्नुहुन्छ ।