Saturday April 20, 2024
वि.सं २०८१ बैशाख ०८ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

एउटै बोकाको मुल्य रु. ५ लाख

Okhaldhunga / Province No. 1 / खिजीदेम्बा,ओखलढुङ्गा
Siddhicharan Branch
52020-07-17

गाउँ छोडी शहर तर्फ बसाई सर्नेहरुको लर्को चलिरहेको बेला, त्यसको विपरित काठमाण्डौमा रहेको आफ्नो घर बेची मान बहादुर खड्का वि.सं.२०६८ सालमा, आफ्नै जन्मथलो ओखलढुङ्गाको खिजीदेम्बा नै फर्किए । संभावनाहरु खोज्दै, वि.सं. २०७१ सालमा “यशोदा एग्रो बाख्रा फार्म” नामको फर्म दर्ता गरी, ब्यवसायिक बाख्रापालनको शुरुवात ७ वटा बाख्राबाट शुरु भयो । २०७२ को महाभुकम्पले उनी र उनको बाख्राहरुको उठीबास बनायो तर उनको ईच्छा ज्यूँका त्यूँ रह्यो । छरछिमेक र ईष्टमित्रहरुसंग सयकडा २÷३ मा ऋण लिई पुनः एउटा खोर ठड्याए र २० वटा स्थानीय जातको बाख्रापालनलाई पुनर्जीवन दिए । महङ्गो ब्याजको ऋणको भार कम गर्न जिल्ला सदरमुकाममा रहेका बैंकहरु धाउन थाले तर, ऋण पाउन निकै गाह्रो भयो, कारण थियो सदरमुकामबाट टाढा र धितो राखिने जग्गाको मूल्य अति न्यून ।

संस्थागत कर्जा विहिन भौंतारिएका मान बहादुरको बाख्रापालन प्रतिको मोह र योजनालाई मुक्तिनाथ विकास बैंकले सहर्ष स्वीकार गर्यो र उनको जीवनमा पहिलो पटक बैंकिङ्ग कर्जा रु.१० लाख लिएर आधुनिक खोर निर्माण गरे, ५ वटा बोयर जातको बाख्रा थप गर्री व्यवसायलाई सबलीकरण गरे । २०७६ साल आषाढमा उनले रु.२५ लाख सहुलियत कर्जा लिएका छन् । हाल बोयर र लोकल जातका गरी ११३ वटा बाख्रा रहेका छन् भने खोरलाई आधुनिकीकरण गरेका छन् । अघिल्लो वर्षमा उनले ३२ वटा बोयर जातका बोकाहरु बिक्रि गरी करिव रु.२० लाख आम्दानी गर्न सफल भए । उनको फार्ममा एउटैको ५ लाख मुल्य पर्ने बोकाहरु रहेका छन् । विगतमा अर्काको कम्पनीमा काम गर्ने मान बहादुर, आज ५ जना युवाहरुलाई रोजगार दिन सफल भएका छन् । उनी भन्छन् ः “अर्काको भूमीमा गई पसिना बगाउनु भन्दा, आफ्नो परिवारसँग हाँसीखेली यही ब्यवसाय गर्ने हो भने सयौं गुणा खुशी मिल्दछ ।” त्यो खुशी उनको मुहारमा छर्लङ्ग देखिन्छ ।