Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

श्रेयनाको सुन्दरता

Parbat / Gandaki Pradesh / दुर्लुङ्ग गा.वि.स. ०८, पर्वत जिल्ला
Chhorepatan Branch
92020-09-28

पर्वत जिल्ला, दुर्लुङ्ग गा.वि.स. ०८ स्थायी घर भै हाल विरौट पोखरामा व्यवसाय गर्दै आउनु भएकी सफल व्यवसायी हुनुहुन्छ, श्री दुर्गा कुमारी खवास । उहाँले हाल विरौटा, पोखरामा श्रेयना ब्युटी पार्लर नामक पार्लर सञ्चालन गर्दै आउनु भएको छ । 
उहाँको विगतलाई फर्केर हेर्दा, विपन्न परिवारको जेठी छोरीको रुपमा जन्मिनु भएकी दुर्गा उचित शिक्षा विना १७ वर्षको उमेरमा अन्तरजातिय विवाह गर्नुभएको थियो । विवाहको २ वर्षमा नै उहाँले छोरी जन्माउनु भयो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उहाँले पोखरामा ज्यामीको काम गरी दैनिकी चलाईराख्नु भएको थियो । २०६७ सालमा मुक्तिनाथ विकास बैंकमा सदस्यता लिई  भैसीपालन शिर्षकमा विना धितो रु. २०,००० कर्जा लिई भैसीपालन व्यवसाय सञ्चालन गर्नुभयो । भैसीपालनबाट राम्रो आम्दानी हुन लागेपछि उहाँको श्रीमान् विदेश जानुभयो । श्रीमान् विदेश गएपछि एक्लै भैसीपालन व्यवसायलाई निरन्तरता दिन गाह्रो भएकोले २०७१ सालमा महेन्द्रपुल स्थित गुरुङ्ग हर्वल व्युटी पार्लरमा ६ महिने व्युटी पार्लर तालिम लिनुभयो । ६ महिने तालिम पश्चात मोनालिसा व्युटी पार्लरमा उहाँले काम गर्न सुरु गर्नुभयो । उहाँले २०७१ सालमा मुक्तिनाथ विकास बैंकबाट विना धितो कर्जा लिई विरौटा, पोखरामा आफ्नै व्युटीपार्लर सञ्चालन गर्नुभएको छ । विदेशमा कम्पनी विग्रिएकाले उहाँको श्रीमान् अहिले स्वदेशमै ड्राईभर पेशामा लाग्नुभएको छ ।
हालसम्म उहाँले विनाधितो कर्जा ३ पटक परिचालन गरी सक्नभएको छ । सो रकमहरु सोही व्यवसायको विस्तार र स्तरोन्नतीमा लगानी गर्नुभएको छ । कुनै दिन ज्यामीको रुपमा काम गरी दैनिकी चलाउनु भएकी दुर्गा आज एक सफल व्यवसायी हुनुहुन्छ । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने विना धितो कर्जाले गर्दा नै उहाँको यो यात्रा सफल रहेको उहाँले बताउनु भयो । यही व्यवसायलाई नै थप सुदृढ गर्दै लैजाने योजना उहाँको रहेको छ ।