Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

मुक्तिनाथको साथ र सिमाको मिहेनत

Makwanpur / Bagmati Pradesh / मनहरी गाउँपालाीका–०८, सिम्पानी
Manahari Small and Micro Banking Desk
302020-12-11

वि.स.२०४३ साल श्रावण ०६ गते दामन गा.वि.स.–०५ ,मकवानपुरमा जन्मनुभएको सिमा महर्जन हाल वैवाहीक¬ जिवन घर परिवार सँगै मनहरी गाउँपालाीका–०८, सिम्पानीमा बसोबास गर्दै आउनु भएको छ । मध्यम वर्गीय परिवारमा जन्मे हुर्केको उनको विवाह पनी एक मध्यम वर्गीय परिवारमा भयो । पेशाले उनको श्रीमान् ड्राइभर हुनुहुन्छ । सिमाले वि.स. २०६० सालमा आफ्नो व्यवसाय एउटा सानो ठेला पसलबाट गर्नुभएको थियो । ठेलामा उनले चटपटे, पानीपुरी, चाउचाउ, विस्कुट, अमिलो आदी वस्तुहरु राख्नु भएको थियो । त्यस समयमा उनको श्रीमान् साहुको गाडी चलाउनु हुन्थ्यो । श्रीमान् श्रीमतीको कमाइले उनीहरुलई खान, बस्न मात्र ठिक्क हुन्थ्यो । उहाँहरु लगानी अभावले सो व्यवसाय सञ्चानल गर्न गाहे भइरहेको थियो । त्ससै बखत मुक्तिनाथ विकास बैक उहाँहरुको घर आँगनमा पुग्यो र २०७४ साल भदौमा मुक्तिनाथ बिकस बैकको महिला समुहमा सदस्यता लिनुभयो ।

सदस्य सिमा महर्जन यस मुक्तिनाथ विकास बैकको समुहमा एक उर्जाका साथ लाग्नु भएको थियो । बैकले उहाँलाई विना धितो कर्जा लगानी गर्ने भएकोले सदस्यलाई निकै उर्जा प्राप्त भएको थियो । यस बैकको समुहमा आवद्ध भए पश्चात पहिलो पटक रु.५०,०००।– कर्जा लिएर आफ्नै घरमा एउटा घुम्ती पसल सञ्चालनमा ल्याउनुभयो जुन गाडी बनाउने ग्यारेजको छेउमा पर्छ । घुम्ती पसलको व्यापारबाट  राम्रो आम्दानी गर्न भयो । अब घुम्ती पसलको आम्दानीबाट उनको घर खर्च र एक छोरा  एक छोरीको स्कुल फि पनी पुग्न थाल्यो । उनको श्रीमान्को तलब पुरै बचत हुन थाल्यो  । पहीलो पटकको कर्जा चुक्ता गरिसकेपछी पटक पटक गरी हाल सम्म चार लाख भन्दा बढी कर्जा कारोबार गरी सोही व्यवसायको लागी पुर्णरुपमा पसलमा लगानी गर्नुभयो ।

सधै साहुको गाडी चलाएर भन्दा आफ्नै एउटा गाडी भयो भने गरेको मेहनतको फल सधै आफैलाई हो भन्ने श्रीमान्ले घर सल्लाह गरिसकेपछी साहुको गाडी छोडी उनको श्रीमान् ले १२ चक्के ट्रक खरिद गर्नुभयो । हाल सदस्यले २ लाख रुपैयाँ कर्जा सोही गाडी मर्मत गर्न कर्जा उपभोग गर्नु भएको छ । वि.स.२०६० सालमा कोठा भाडामा बसेर ठेला पसल सञ्चालन गर्न सुरु गर्नुभएको सिमाले वि.स.०७३÷०७४ सम्म खासै प्रगती गर्न सक्नु भएको थिएन । जब मुक्तिनाथको महीला समुहमा आवद्ध हुनुभयो उहाँका दिनहरु विस्तारै फेरिदै गयो र उनी एक सफल पत्नी, एक सफल आमा सँगै एक सफल व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । आज मुक्तिनाथको साथ र सिमाको मिहेनत र परिश्रमको कारण उनको आफ्नै पहिचान छ । जिन्दगी सफल र सार्थक बनेको छ ।

सिमा भन्नुहुन्छ “ यदी कोही फड्को मार्न तयार छ र उसमा लगनशीलता छ भने मुक्तिनाथ विकास बैकले  धेरै सहयोग गरेको देखेकी छु र म आफैले पनि महसुस गरेकी छु ठेला पसलबाट हाल घुम्ती पसल र आफ्नै गाडी ,घर छ । विस्तारै मुक्तिनाथ बैकले साथ दिदै गयो, मैले पनि मेहनत गर्न छोडीन र आज हजुरहरुको आँखा अगाडी सबै छर्लङ्ग छ ।” मुक्तिनाथ जनताको बैक हो रहेछ त्यही दैलो दैलोमा सेवा पु्र्याउने भएर नै  “जनता बैकमा होइन बैक जनतामा जानु पर्दछ । “ भनिएको रहेछ ।