Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

रोजिनाको व्यवसायिक सफलता

Gorkha / Bagmati Pradesh / खैरहनी बडा न. ०९,चितवन जिल्ला
Parsa Small and Micro Banking Desk
102020-10-18

मुक्तीनाथ बिकास बैक साना तथा लघुबैकिङ्ग शाखा कार्यालय, पर्सामा कारोबार गरी सफल भई आफ्नो घर परीवारको आर्थीक स्तर लाई माथी उठाउन सफल सदस्यहरु मध्ये  एक हुन श्री रोजिना चौधरी । नारायणी अञ्चल चितवन  जिल्ला खैरहनी बडा नम्बर ०२ ,स्थायी ठेगाना भई हाल नारायणी अञ्चल चितवन  जिल्ला खैरहनी बडा नम्बर ०९ बैरहनीमा बिगत ७ बर्ष देखी बसोबास गदै आइएका चौधरी परीवारमा १ छोरा श्रीमान श्रीमती गरी ३ जनाको सानो सुखी परिवार रहेको छ ।
 
रोजीना चौधरीको परिवारमा मुख्य आम्दानीको स्रोत कृषी पेशानै थियो । परम्परागत कृषि पेशाबाट परिवारको दैनिक गुजारा चलाउन पनि धौ धौ थियो । रोजीनालाई आफुले जानको सिपलाई उपयोग गरि व्यवसायिक बन्ने इच्छा जागेर आयो । वहाँले जानेको सिप ब्युटिपालर थियो । उक्त यवसाय सञ्चालन गर्न लगानीको आवश्यकता थियो । रोजीना भन्नुहुन्छ “भगवानले त आँट म पु¥याउछु भन्छन् रे, मलाई पनि त्यस्तै भयो । त्यही समयमा मुक्तिनाथ विकास बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, पर्साका कर्मचारीहरु घरदैलो गर्दै आउनुभयो । समुहमा आवद्ध भएर विनाधितो कर्जा लिन पाइने, थोरै भएपनि बचत पनि हुने इत्यादी सुविधाहरुको बारेमा जानकारी दिनुभयो । त्यसपछि २०७४ सालमा केन्द्र नम्बर ०५२ मा सदस्यको रुपमा आवद्ध भए । विनाधितो कर्जा माग गरि उक्त रकमले बैरहनी चोकमा बिन्दु ब्युटिपार्लर एण्ड कस्मेटिक सेन्टरको नाममा पान दर्ता गरी ब्यवसाय सञ्चालन गर्न थाले । व्युटिपालर सिक्न चाहने प्रशिक्षार्थीहरुलाई पनि तालिम सञ्चालन गर्न थाले । यो व्यवसायबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो र मेरो परिवारको त जीन्दगी नै बदलियो नी ।” सँगै रोजीनाले आफ्नो अनुभव भनिन् । 
 
मान्छेमा राम्रो सोच, लगनशिलता र कर्म गर्ने दृढता भएमा सफल हुन सकिन्छ भन्ने ज्वलन्त उदारण हुन रोजिना चौधरी । समयको चुनौती लाई चिरदै आफुमा सिप बिकास गर्ने कर्मठ व्यवसायिको रुपमा चिन्न सकिन्छ रोजिनालाई ।