Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

एकल भए पनि सफल

Kaski / Gandaki Pradesh / कास्की, पोखरा
Chipledhunga Branch
32020-03-07

हाम्रो नेपाली समाज विशेष गरी महिलालाई घर वाहिरको काममा सहजै स्वीकार गरेको पाइँदैन । त्यसमा पनि व्यापार व्यवसायमा पनि महिलाको उपस्थिति अझै न्युन छ । तर पनि एक महिला मात्रै नभई घरमा २ छोरीहरु सहित इलेक्ट्रोनिक्स व्यवसाय धानेकी एक सफल व्यवसायी हुनुहुन्छ श्री निरु श्रेष्ठ । पोखरा महानगरपालिका–११, रानीपौवा स्थित न्यू गण्डकी बहुउद्देश्यीय प्रा.लि.को नाममा इलेक्ट्रोनिक्स सरसामानको बिक्री तथा वितरण र मर्मत समेत कार्य गर्ने गरी व्यवसाय सञ्चालन गरी रहनु भएको । 

शुरुवातमा सानो रुपमा केही विद्युतीय सामान, केही कस्मेटिक समान, केही स्टेशनरी सामान बिक्रि गर्ने उद्देश्यले व्यवसाय शुरु गर्नु भएको थियो । आफू पसलबाटै सामान बिक्रि गर्ने र श्रीमान साइकलमा मार्केटिङ्गको लागि घरघर र पसल पसलमा जाने गर्नु हुन्थ्यो । आफ्नो व्यवसाय बृद्धि गर्ने उद्देश्यले २०६७ सालमा मुक्तिनाथ विकास बैँकको लघुवित्त कार्यक्रमबाट पहिलो कर्जा रु. ३० हजार लिएर सोही व्यवसायमा लगानी गर्नु भयो । उहाँको व्यवसायलाई विस्तार गर्ने क्रममा यस अवधिमा विभिन्न प्रकारका विनाधितो कर्जाहरु समेत गरी १६ पटक कर्जा परिचालन गरी सक्नु भएको छ । हाल पनि उहाँले विनाधितो कर्जा रु. ३ लाख ८० हजार कर्जा परिचालन गरी रहनु भएको छ । कर्जा भनेको बेलामा पाईदैन तर बचत आफूले चाहेको बखत परिचालन गर्न सकिन्छ भनेर भैपरी खर्च व्यवस्थापनको लागि बचत पनि राम्रो गर्नु भएको छ । हाल उहाँको व्यवसायबाट मासिक रु. २ लाख आम्दानी हुने गरेको छ । 

उहाँले आफू मात्र नभई आफ्नो दिदी बहिनीहरुलाई पनि सोही प्रकृतिको व्यवसायमा सँलग्न हुन अभिप्रेरित गरी सफल व्यवसायी बनाउनु भएको छ । हाल उहाँको व्यवसायमा ३ जनाले रोजगार पाउनु भएको छ । व्यवसाय बृद्धि र घरखर्च वाहेक पनि आम्दानीबाट पोखराको भलाम र हेम्जामा घडेरी जोड्न सफल हुनु भएको छ । 

बैँकको विनाधितो कर्जा कारोबारबाट व्यवसाय गर्ने र बचत गर्ने राम्रो पाठ सिकेको बताउनु हुन्छ निरु श्रेष्ठ । उहाँमा दैनिक बचत गर्ने बानीको विकास भएको, व्यवसायमा आयव्ययको हिसाब किताब राख्ने गरेको, सम्पत्ति जोड्न सफल भएको र पारिवारिक अभिभावकत्व प्रदान गर्न सफल भएको बताउनु हुन्छ । आफूले थोरै मात्र पढेतापनि २ छोरीहरुलाई पढाउनु पर्दछ भन्ने सोचले दुवै छोरीहरुलाई स्नातक सम्म पढाउनु भएको छ । विभिन्न सामाजिक संस्थाहरुमा पनि त्यत्तिकै सक्रिय हुनु हुन्छ भने व्यवसायमा पनि राम्रो दखल बनाई सक्नु भएको छ ।

२०७४ सालमा श्रीमान्को असामयिक निधन पश्चात उहाँले नै व्यवसायको नेतृत्व लिनु भएको छ भने २ छोरीहरुले पनि सक्रिय रुपमा व्यवसायमा साथ दिनु भएको छ । आफ्नो व्यवसाय र कारोबारलाई अझै विस्तार गर्दै जाने योजना रहेको उहाँ बताउनु हुन्छ ।