Thursday April 18, 2024
वि.सं २०८१ बैशाख ०६ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

दैनिक २५ सय बचत

Siraha / Province No. 2 / लाहान न.पा. वडा नं. २३ बथनाहा
Lahan Small and Micro Banking Desk
422021-01-10

यो सफलताको कथा सगरमाथा अञ्चल सिरहा जिल्ला गाढा गा.प वडा नं. ०४ साविकको ठेगाना भई हाल सिराहा जिल्ला लाहान न.पा. वडा नं. २३ बथनाहा गाउँ बस्ने बर्ष ३३ कागुन्देश्वर प्रसाद सिंह महतोको हो, जो यस मुक्तिनाथ विकास बैँक लि. शाखा कार्यालय लाहान अन्तर्गत साना तथा लघु वैँकिङ्ग डेस्कबाट रु. १०,००,०००/-, कर्जा उपभोग गरिरहनु भएको कर्जा सदस्य हुनुहुन्छ । 

निजले मिति २०७५/११/२२ गतेका दिन यस बंैकबाट कर्जा लिएर गाढा जेनेरल स्टोर नामक होटल व्यवसाय विस्तार गर्नु भएको हो । वहाँले उक्त व्यवसाय विस्तार गरेपछि आम्दानिमा उल्लेख्य रुपमा बृद्धि भएको छ । उक्त व्यवसायमा वहाँकोे भाई पनि संलग्न हुनुहुन्छ । वहाँले उक्त होटलको आम्दानीबाट कर्जाको किस्ता तिर्ने साथै घर परिवारको सम्पुर्ण खर्च पुगाएर पनि राम्रो बचत समेत गरिरहनु भएको छ । १.५ बर्ष अगाडी सुरु गर्नु भएको उक्त होटलबाट हाल यति धेरै आम्दानी हुदा वहाँ अत्यन्तै खुशी हुनुहुन्छ । मुक्तिनाथ विकास बैँकले आर्थीक रुपमा ऋण सहयोग गरि व्यवसाय विस्तारमा सहयोग गरेकोले वहाँ बैँकप्रति सकारात्मक रहेको र गाउँका अरु मानिसहरुलाई पनि कर्जाको आवश्यकता परे मुक्तिनाथ विकास बंैकमा नै जानको लागि सुझाब दिने पनि गर्नुभएको छ । वहाँले रु.१२,००,०००/- को लगानीमा होटल संचालन गरेको र त्यसमा आफुले रु.२,००,०००/- लगानी गरेको र बाँकी बैँकले लगानी गर्नुभएको हो । जसबाट हाल दैनिक रु. ७,०००/- वरावरको कारोवार गरि रु. २,५००/- बराबरको बचत गर्ने गरेको पाईयो । यसरी वहाँ मुक्तिनाथ विकास बैंकबाट कर्जा लिएपछि व्यावसायमा सफल हुनुभएको छ ।