Friday March 29, 2024
वि.सं २०८० चैत १६ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

फुलमतिको सफलता

Makwanpur / Bagmati Pradesh / आग्रा गा.वि.स.–०५ ,मकवानपुर
Parbatipur Small and Micro Banking Desk
452021-01-10

वि.स.२०२९ साल पौष २० गते आग्रा गा.वि.स.–०५ ,मकवानपुरमा जन्मनुभएको फुलमति अर्याल हाल वैवाहीक¬ जिवन घर परिवार सँगै भरतपुर–२५,अन्नपुर्ण चोकमा बसोबास गर्दै आउनु भएको छ । मध्यम वर्गीय परिवारमा जन्मे हुर्केको उनको विवाह पनी एक मध्यम वर्गीय परिवारमा भयो ।उनको श्रीमान् वायो ग्यासमा जागिरे हुनुहुन्थ्यो । फुलमतिले वि.स. २०६९ सालमा आफ्नो व्यवसाय एउटा सानो सटर भाडामा लिई  होटल व्यवसाय गर्नुभएको थियो । उनले चिया, समोसा, तरकारी, चाउचाउ, विस्कुट, आदी वस्तुहरु राख्नु भयो । श्रीमान् श्रीमतीको कमाइले उनीहरुलई खान, बस्न मात्र ठिक्क हुन्थ्यो र त्यो बाहेक अरु खर्च गर्न पुग्दैन थियो । उहाँहरुलाई लगानीको अभावले व्यवसाय सञ्चानल गर्न एकदम कठिन भएको थियो । सोही समयमा मुक्तिनाथ बिकस बैकको कार्यक्रम उहाँहरुको घर दैलोमा पुगेको थियो र २०७२ साल साउनमा मुक्तिनाथ बिकस बैकको महिला समुहमा आबद्ध भई सदस्यता लिनुभयो । 

सदस्य फुलमति अर्याल यस मुक्तिनाथ विकास बैकको समुहमा एक लगनशिल र मेहनेतीको रुपमा अगाडि बन्ने सोचले बस्नु भएको थियो । बैकले सदस्यँलाई विना धितो कर्जा लगानी गर्ने भएकोले सदस्यलाई यो कार्यक्रम निकै उत्साहजनक पनि भएको थियो । यस बैकको समुहमा आवद्ध भएपश्चात उनले घर सल्लाह बमोजिम पहिलो पटक रु.५०,०००/– कर्जा चलाउनु भएको थियो । उनले लिएको कर्जा रकम र आफुसँग भएको रकम उनले होटल व्यवसाय विस्तार सञ्चालनमा ल्याउनुभयो  । उनले होटल व्यवसायबाट राम्रो आम्दानी गर्न थाल्नुभयो । अब होटल व्यवसायको आम्दानीबाट उनको घर खर्च कटाएर श्रीमान्को तलब पुरै बचत हुन थाल्यो। पहीलो पटकको कर्जा चुक्ता गरिसकेपछी उहाँले पटक पटक गरी हाल सम्म पाच लाख भन्दा बढी कर्जा कारोबार गरी सोही व्यवसायको लागी पुर्णरुपमा होटलमा लगानी गर्नुभयो ।  

उहाँले छोरालाई पनि व्यवसाय तर्फ अगाडि बढाउनु पर्छ भन्ने सोचले जेठो छोरालाई  घर सल्लाह अनुसार मोबाईल तथा इलेक्ट्रोनिक्स सामान मर्मत केन्द्र पसल खोली दिनु भयो । हाल मोबाईल तथा इलेक्ट्रोनिक्स सामान मर्मत केन्दबाट पनि राम्रो आम्दानी भईरहेको बताउनु भयो । वि.स.२०६९ सालमा कोठा भाडामा लिएर होटल व्यवसाय सञ्चालन गर्न सुरु गर्नुभएको फुलमतिले व्यवसाय शुरुवात समय तिर खासै प्रगती गर्न सक्नु भएको थिएन । जब उनले मुक्तिनाथ बैङ्कको महीला समुहमा आवद्ध भई सदस्य बन्नु भयो । उनको समय  तथा दिनचर्या विस्तारै फेरिदै गयो र उनी एक सफल पत्नी,  आमा साथै एक सफल व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । आज मुक्तिनाथको साथ र फुलमतिको  मिहेनत र परिश्रमको कारण उनको आफ्नै छुट्टै पहीचान छ ।