Thursday March 28, 2024
वि.सं २०८० चैत १५ बिहिबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

मुक्तिनाथको साथ र विष्णुमायाको मिहेनत

Chitwan / Bagmati Pradesh / भरतपुर महानगरपालिका ,२५ अमृत चोक
Parbatipur Small and Micro Banking Desk
432021-01-10

विष्णुमाया भुजेलको स्थायी ठेगाना दिव्यनगर गा.वि.स वडा नं २  हाल भरतपुर महानगरपालिका २५ अमृत चोक हो  । उहाको वैवाहीक¬ जिवन मध्यम वर्गीय परिवारमा भयो जहाँ आर्थिक संकट ,श्रीमानको कुनै पेशा थिएन ।  विष्णुमायाले आम्दानिको कुनै विकल्प नभए पछि तरकारी खेतिमा दुवै जना लाग्नुभयो । दुई छोरी, एक छोरा, बुढा बुढि गरी पाच जनाको परिवारलाई खर्च पुयाउन गाह्रो भइरहेको थियो । विष्णुमायाको श्रीमान श्रीमती दुवैले धेरै संघर्ष गरेका थिए । तर पनि ब्यवसायमा ठुलो लगानि गर्नै सकेको थिएन । लगानि गर्न सके ब्यवसाय बढाउन सकीने थुपै्र सम्भावनाहरु थिए । तर लगानि बढाउन पैसा आवश्क थियो । मुक्तिनाथ विकास वैक आफ्नो ठाउँमा आएपछि समुह बनाउने, कार्यक्रम सञ्चालन भयो र समुहमा सदसयताको अवसर पाए ।

सदस्य विष्णुमाया भुजेलले २०७१/०९/०१ यस मुक्तिनाथ विकास बैकको समुहमा सदस्य हुनुभयो । बैकले सदस्यँलाई विना धितो कर्जा लगानी गर्ने भएकोले पहिलो पटक रु ५० हजार रुपैया कर्जा लिई भाडा पसल सञ्चालन गर्नुभयो । उनले पटक पटक कर्जा लिएर  भाडा पसल व्यवसायलाई वूद्घि गर्दै जानुभयो  । सो पसलबाट दैनिक आम्दानि हुने हुदा दुई छोरा छोरी कलेज, एक छोरी टेलर्स ब्यवसाय गर्न सफल हुनुभयो । समुहमा आवद्घ भएपछि विष्णुमायाको जिवनले निकै सकरात्मक कोल्टो फेरयो । पहीलो पटकको कर्जा चुक्ता गरिसकेपछी उहाँले पटक पटक गरी हाल सम्म ४ लाख भन्दा बढी कर्जा कारोबार गरी सोही व्यवसायको लागी पुर्णरुपमा भाडा पसलमा लगानी गर्नुभयो ।

विष्णुमायाले व्यवसायबाट शुरुवाती समयमा प्रगती गर्न सक्नु भएको थिएन । जब उहाँले मुक्तिनाथ बैङ्कको महीला समुहमा आवद्ध भई सदस्य बन्नु भयो । उनको समय  तथा दिनचर्या विस्तारै फेरिदै गयो र उनी एक सफल ब्यवसायीको रुपमा स्थापित हुनुभएको छ । आज मुक्तिनाथको साथ र विष्णुमायाको  मिहेनत लगनशिल तथा कडा परिश्रमको कारणले गर्दा  उनको जिन्दगीमा  खुशियाली मा छाएको छ ।