Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

भिमकुमारीको फैन्सी पसल

Chitwan / Bagmati Pradesh / जगतपुर गा.वि.स.–०१, चितवन
Parbatipur Small and Micro Banking Desk
462021-01-10

वि.स.२०३७ साल मंसिर  १५ गते जगतपुर गा.वि.स.–०१  चितवनमा जन्मनुभएको भिम कुमारी फूयालको बिबाह मध्यम बर्गिय परिवार डम्बर प्रसाद फूयालसँग भएको थियो । पेशाले उहाँको श्रीमान प्रशासनको जागिरमा कार्यरत हुनुहुन्छ । श्रीमानको जागिरको भरमा उहाँलाई घरपरिवार चलाउन निकै गाहा्रे परेको थियो । यस अबस्थामा उहाँको मनमा मैले पनि केही गरि श्रीमानलाई सहयोग गर्नु पर्छ भनी जगतपुर ०१ कसराचोकमा एउटा सटर भाडामा लिई  जम्मा रु १ लाख ५० हजारमा एउटा फेन्सी पसल सुरुगर्नु भएको थियो । त्यसै बखत मुक्तिनाथ बिकास बैकको कायक्रम उहाँहरुको घरआगँनमा पुगेको थियो र बि.स २०७१ साल साउन महिनामा  मुक्तिनाथ बैक महिला समुहमा आबद्ध भई सदस्यता लिनुभएको थियो ।

मुक्तिनाथ बैकको समुहमा आबद्ध भए पश्चात सदस्य भिम कुमारी फुयालले शुरुमा रु ५०,०००/- कर्जा लिई व्यबसाय बिस्तारमा लगानी गर्नुभएको थियो । उहाँको कडा मेहनत र परिश्रमले व्यवसायमा बिस्तार गर्दै लैजानु भएको थियो । उहाँले कुनै पनि काम गर्न भन्दा पहिले श्रीमान श्रीमती बिच सरसल्लाह गरेर मात्र गर्नु हुन्थो । उक्त फेन्सी पसलबाट छोरा छोरीको फि तथा घरखर्च पुग्न थाल्यो । श्रीमानको पुरै बचत हुन थाल्यो । उहाँ पहिलो पटकको कर्जा चुक्ता गरिसकेपछि पटक पटक गरि हाल सम्म रु ३ लाख ४५ हजार कर्जा पुर्ण रुपमा सोही व्यबसायमा लागानी गर्नुभयो । हाल उहाँको व्यबसायमा रु १५ लाख बराबरको सामान रहेको छ । उहाँको श्रीमान जागिरबाट अवकास भई अहिले श्रीमती व्यबसायमा सहयोग गदै आउनु भएको छ । अहिले उक्त फेन्सी व्यबसायबाट घरखर्च पुगेर छोरा छोरी राम्रो शिक्षा दिन सक्षम हुनुभएको छ ।

उहाँले भन्नु हुन्छकी कुनै मानीसमा जोस ,जागँर र अठोट इच्छाँ हुनुपर्छ जुनसुकै कामलाई पनी सफलता पुर्बक अगाडी बडाउन सकिन्छ । मैलेपनि केही गर्नु पर्छ भनि अठोट लिएर अगाडी बढेको थिए त्यसमा मुक्तिनाथ बिकास बैकको बिना धितो कर्जा लगानी लिई आज म यस ठाँउमा आईपुगे । आज मेरो परिवार हाँसी खुसीका साथ चलिरहेको छ ।