Friday April 19, 2024
वि.सं २०८१ बैशाख ०७ शुक्रबार
Global Alliance for Banking on Values European Microfinance Award
Np

Success Story

वित्तिय अभावमा सारथी मुक्तिनाथ बिकास बैक

Kathmandu / Bagmati Pradesh / कुवुकास्थली गा.वि.स , वडा न. ०८ , रामेछाप
Jorpati Small and Micro Banking Desk
182020-12-10

“त आट म पुराउछु” भन्ने भनाईको बलियो उदारहण हुनुहुन्छ कुवुकास्थली गा.वि.स वडा न ०८ रामेछापकी एक युवती एलिना सुनुवार जसको कृषि पेशाले आजको युवा पिढिको लागि उत्प्रेरणको स्रोत बन्न पुगेको छ । गोकर्णेश्वर नगरपालिका वडा न ०३ बालुवा स्थित बिगत ३ बर्ष देखि कृषि तरकारी खेती तथा टर्कि पालन गरी स्वदेशमानै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । उच्च शिक्षाको शिलशिलामा २०६५ सालमा काठमाण्डौ आएर इन्टरमिडेट सम्मको शिक्षा अध्ययन पछि पारिवारिक आर्थिक अवस्थालाई हेरेर बैदेशिक रोजगारीको लागि बिभिन्न देशहरुमा प्रयासहरु गरिरहनु भयो पैसा सकियो तर कुनै पनि देशमा भिषा लागेन । उहाँ भन्नुहुन्छ निम्न वर्गिय परिवार भएकोले नेपालमानै केहि गर्छु भन्दा पनि नत घरपरिवारबाट आर्थिक सहायता दिन सग्दथे, नत आफुसंग नै थियो । यस्तै परिस्थितीमा टेलिभिजनमा कृषि कार्यक्रम हेरेपछि आफुपनि कृषि तरकारी खेती गर्छु भन्ने सोच मनमा सिर्जना भयो । तर बिडम्बना आर्थिक त आफै अभाबनै छ । यस्तैमा गोकर्णेश्वर नगरपालिका वडा न ०३ बालुवामा ६ रोपनि जग्गा भाडामा लिएर व्यवसाय दर्ता गरी व्यवसायिक योजना लिएर बिभिन्न बैक तथा बित्तिय संस्था धाउन थाले तर जहा गएपनि धितो सुरक्षण चाहिने मात्र भन्नुभयो । 
 
आफुसंग बुबाको नाममा रहेको रामेछाप गाँउमा पाखो बारी रहेको, जुन बैकले पनि धितो राख्न नसक्ने पनि बताउनु भयो । साथै कति बैकले दिन्छु दिन्छु भनेर आलटाल मात्रै गरिरहे । उहाँ भन्नुहुन्छ २ बर्ष भयो अझै ३,४ वटा बैकमा त डकुमेन्ट होला भनेर । मनले हरेश खाईसकेको अवस्थामा मुक्तिनाथ बिकास बैक लि जोरपाटि शाखाबाट साना तथा लघु बैकि डेस्क प्रमुख चन्द्र बहादुर कार्कि बजारीकरणको शिलशिलामा उहाको फर्म पुग्नु भयो र उहालाई कर्जा प्रवाह गर्ने बाचा गर्दै आवश्यक डकुमेन्ट लिएर जानुभयो । मन भने केहि आशा तथा हलुका भयो तर बिश्वास भने थिइन किनकी ५, ७ वटा बैकमा डकुमेन्ट दिएको महिनौ भएको थियो । 
उहा भन्नुहुन्छ “त्यो दिन ममा यति खुसी आयो जुन दिन मुक्तिनाथ बिकाश बैक लि जोरपाटिबाट फोन आएर भन्नुभयोकी दिदि तपाईलाई व्यवसायिक कृषि तथा पशुपक्षि कर्जा शिर्षकमा रु ३,००,०००। कर्जा स्विकत भएको छ । त्यो ३,००,०००।– ले आज मैले १०,००,०००।– पुँजी बनाएको छु” आजको उहाको 
सुरु सुरुमा कति साथिभाईले आजकलको जमानामा पनि कृषि गरेको छ भनेर जिस्काउदा मन खल्लो तथा लाज पनि लाग्थो तर आज उहाको प्रगती दखेर साथिहरुले पनि प्रेरणा लिएका छन् । उहाले उक्त व्यवसायबाट २ जनालाई स्वरोजगारीता तथा २ जनाको लागि रोजगारीता सिर्जना गर्न सफल हुनु भएको छ । आज यहि पेशाबाट घरमा बुबा आमालाई घर खर्च, भाई बहिनीहरुलाई पढाई खर्च आफुलाई खर्च धानेर मासिक ३० हजार बचत रहेको बताउनुहुन्छ । कुनै पनि बैकले कर्जा नपत्याउदा मुक्तिनाथ बिकास बैकले घरमै गएर कर्जा दिएकोमा उहाँ आफु सफल हुनुको सम्पूर्ण श्रेय बैकलाई दिनुँहुन्छ । कम लागतबाट मनग्य मुनाफा आर्जन भएको हुदा बैदेशिक रोजगारीको लागि भिषा नलागेर आज म यहा छु भन्नुहुन्छ । यसरी त आट म पुराउछु भनेझै मैले आँटे मुक्तिनाथ बिकास बैकले घरमै आएर पु–याईदिएको छ भन्नुहुन्छ । त्यसैले एक सफल पात्रको उदारहण हुनुहुन्छ एलिना सुनुवार ।